यस्तो लाग्छ टिकटकसामु भौगोलिक सीमाको बन्देज छैन । भाषाको अवरोध बाबजुद पनि नेपाली गीतलाई विदेशीले टिकटक बनाउँदै संसारभर फैलाएका छन् । यसै महिना गायिका एलिना चौहानको कन्सर्टमा गाइएको गीत ‘मिनरल वाटर’को दृश्य टिकटकमा भाइरल बनेको थियो । एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् ।
यतिबेला
हामी दक्षिण कोरियाली टिकटक स्टार केजिमिनको कुरा गर्दैछौं, जो पछिल्लो
समयमा नेपालमा समेत हिट छिन् । झण्डै दुई दर्जन नेपाली हिट गीतमा उनले
टिकटक बनाएकी छन् । विश्वचर्चित कोरियाली ब्याण्ड बीटीएसको गीतदेखि
नेपालीसम्म जसरी उनले भिडियो बनाएकी छन्, यसले पक्कै नेपाली संगीतलाई फाइदा
पुगेको छ ।
केजिमिनलाई टिकटकमा एक करोड जनाले पछ्याएका छन् । टिकटकमा उनको लाइक २६
करोड ४१ लाख पटक उनको भिडियोमा लाइक गरिएको छ । हरियो कपालमा आकर्षक
देखिएकी केजिमिनको उमेर २० वर्ष आसपासमा छ । उनको भिडियोलाई नेपाली टिकटक
प्रयोगकर्ताले पनि रुचाएको देखिन्छ । उनलाई पछ्याउने नेपाली टिकटकरको
संख्या पनि उच्च छ ।