Mrs Beauty Queen Nepal 2023 winners अभिलाषा छैटौं मिसेस ब्युटी क्विन

 


सिजन मिडियाद्वारा हालै राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगितामा ललितपुरकी अभिलाषा कार्की छैटौं लेट मि इन मिसेस ब्युटी क्विन २०२३ भएकी छन् । उनले मस्ट ट्यालेन्ट अवार्डसमेत जितेकी छन् भने थाइल्यान्ड भ्रमणको लागि हवाई टिकट, ५० हजारको गिफ्ट भौचर र हिटर उपहार प्राप्त गरिन् ।

प्रतियोगितामा सदीक्षा बुढाथोकी श्रेष्ठ फस्ट रनर्सअप र पपुलर अवार्ड तथा विन्दु शाही ठकुरी सेकेन्ड रनर्सअप र इन्थुज्यनस्टिक अवार्ड विजेता भए । उनीहरूले उपाधिका साथ भ्याकुम क्लिनर तथा क्रमसः ३० र २० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरेका छन् ।

प्रतियोगितामा इन्जिनियर वन्दना मिश्र कन्फिडेन्स अवार्ड, दुर्गा वाग्ले एलिगेन्स र करिष्मा शर्मा तामाङ फोटोजेनिक अवार्ड विजेता भए। प्रतियोगितामा मिसेस ब्युटी क्विन नेपालका विजेताहरू शान्ति लिम्बू, सन्तोषी शाही ठकुरी, लसता शाक्य, मोडल सोनाम केसी, काठमाडौं फाटोग्राफर सघंका अध्यक्ष दिगम्बर राजवंशी, सिनेमाटोग्राफर कुशल श्रेष्ठ, पत्रकार श्रद्धा अर्याल र मिस ई–कलेजकी विजेता नीतिका कर्माचार्य निर्णायक रहेका थिए ।

1 Comments

Previous Post Next Post