यूएईलाई पराजित गरेसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाए, नेपाल १७७ रनले विजयी

यूएईविरुद्धको जितका लागि कप्तान रोहित पौडेलको धैर्यपूर्ण ब्याटिङ महत्त्वपूर्ण रह्यो।

 नेपाली टोलीमा पहिलो पटक सहभागी भएका ललित राजवंशी गुलशन झा दुवैले नेपालको जितका लागि उल्लेख्य योगदान गरे। राजवंशीले पाँच विकेट लिए भने झाले एक विकेट लिए।

 टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४९. ओभरमा अलआउट हुँदै २४८ रन जोडेको थियो।

 जवाफमा यूएई २२.५ओभरमा ७१ रन बनाएर अलआउट हुन पुग्यो।

 


जितसँगै नेपाल विश्वकप लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ।

 तालिकामा नेपालको ३४ खेलबाट ३६ अङ्क छ। नेपालले यूएईलाई १७७ रनले पराजित गर्‍यो।

 जितसँगै नेपाल विश्वकप लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ।

 तालिकामा नेपालको ३४ खेलबाट ३६ अङ्क छ।

 अब खेल्न बाँकी दुई खेलमा पराजित भए पनि नेपाल कम्तीमा पाँचौँ स्थानमा रहनेछ।

 


लिग मा उत्कृष्ट पाँच भित्र रहने टोलीको ओडीआई मान्यता सुरक्षित रहनेछ।

 ओडीआई जोगाउने यो अभियानमा नेपालले पछिल्लो समय सानदार खेल प्रदर्शन गर्दै १० खेलमा नौ मा जित हात पारेको थियो।

Post a Comment

Previous Post Next Post