कमजोर ओपनिङका पाँच कारण : चलचित्र छड्के-२.०

 व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म. छड्केले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन्

स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के २.० को असफलताले अलग जनरामा आफूलाई स्थापित गर्ने अनमोलको प्रयासमा धक्का लागेको ।निर्देशक निगम श्रेष्ठका लागि यो लगातार तेस्रो असफलता हो उनी निर्देशित छड्के लालपूर्जा समेत बक्सअफिसमा पूर्णतः असफल रहे समीक्षकहरु यी तीनै फिल्मको व्याकरणमा एउटै खाले समस्या रहेको बताउँछन्

हरेक फिल्मका लागि पहिलो सप्ताहन्त निकै महत्वपूर्ण हुन्छ खासगरी ओपनिङमा टिकेका छड्के २.० जस्ता फिल्मका लागि पहिलो सप्ताहन्त जरुरी भइहाल्ने भयो महत्वपूर्ण मानिएको पहिलो शुक्रबार शनिबारको व्यापार नै निराशजनक भइसकेपछि छड्के २.०  को व्यावसायिक भविष्यका लागि बाँकी दिनहरु जोखिमपूर्ण छन् यहाँ केही कारण उल्लेख गरिन्छ, जसले प्रतीक्षित छड्के २.० को ओपनिङ कमजोर रह्यो  

 


प्रचारप्रसार शून्य

कम्तीमा महंगो बजेट चलेका कलाकार भएका फिल्मले दर्शकमाझ पुग्न प्रचारप्रसारलाई व्यापक तुल्याउनुपर्ने हो निर्मातादेखि कलाकारले फिल्म रिलिजको दिनसम्म मिडिया पब्लिसिटीलाई पूर्णतः अस्वीकार गरे कतिपय दर्शकले फिल्म रिलिज भएपछि मात्र फिल्मबारे थाहा पाए दर्शकलाई फिल्मबारे अत्तोपत्तो भएन । १० वर्षपछि दोस्रो शृंखला आउँदा पनि निर्देशकले दर्शकलाई यसबारे बुझाउनै सकेनन्

ट्रेलर गीतबाटै कमजोर प्रतिक्रिया

ट्रेलरको अर्थ कथाको विज्ञापन गर्नु हो छड्के २.० को मामिलामा यो हुन सकेन टिजर ट्रेलरमा आधारभूत रुपमै समस्या थियो कथा पात्रको स्थापना हुन सकेन कसको कथा थियो, कथाको अंश के हो ? यी कुराको उल्लेख थिएन भिटेनजस्ता अब्बल र्‍यापरको गीतले समेत प्रशंसा बटुल्न सकेन जसको प्रभाव फिल्ममा देखियो

 लक्षित समूह नै हेर्न गएनन्

ग्याङस्टर फिल्म भन्ने बित्तिकै दर्शकको सीमित दायरा हुन्छ निश्चित उमेर समूह वर्गका दर्शकले यसलाई रुचाउँछन् विशेषगरी किशोरकिशोरी युवापुस्तामाझ यो जनराको लोकप्रियता तर उक्त समूहका दर्शक नै हलमा गएनन् क्यूएफएक्सकै केही हलमा शो स्थगित समेत भए

नकारात्मक वर्ड अफ माउथ

छड्के २.० को समीक्षा पूर्णतः नेगेटिभ रह्यो हेरेका दर्शक निराश मात्र भएनन्, उनीहरुले अरुलाई समेत हेर्न प्रोत्साहित गरेनन् पहिलो दिन नै नकारात्मक वर्ड अफ माउथ प्राप्त हुँदा दोस्रो दिन यसले पिकअप लिन सकेन फिल्मले दर्शकलाई होल्ड गर्न सकेन

हिंसा गुण्डागर्दीको कथामा दर्शकको रुचि देखिएन

छड्के २.० को कमजोर ओपनिङले दर्शकको मनोविज्ञान चाहनालाई समेत प्रतिविम्बित गर्छ नेपाली दर्शकले मारकाट, झगडा हिंसात्मक कथावस्तुका फिल्मलाई रुचाएनन् भन्ने सन्देश यसले दिन्छ नेपालमा जति पनि फिल्म हिट भएका छन् तीमध्ये अधिकांश पारिवारिक कथावस्तुमा बनेका छन् भन्नुको अर्थ, अलग जनराका फिल्म पनि बन्नुपर्छ भन्ने हो

Post a Comment

Previous Post Next Post