शीतल निवासमा रामचन्द्र पौडेल शपथ लिदै बिदा भइन विद्यादेवी भण्डारी

२९ फागुन, काठमाडौं नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्

सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्


 

शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन्


 

राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन्

उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो

Post a Comment

Previous Post Next Post